नेपाल कृषि महासंघ

Nepal Agricultural Federation

हरिहरभवन, काठमाडौँ

NEFIS

Nepal Fisheries Society (NFS), Balaju Kathmandu

https://nefis.org.np/

पृष्ठभूमि एवं अबधारणा :

– नेपाल राज्यको ऐतिहासिक प्रजातान्त्रिक व्यवस्थाको पुर्नस्थापनाको साथसाथै विभिन्न व्यवसायि / Professional झै राष्ट्रमा उपलव्ध मत्स्य क्षेत्र सम्बद्ध असिम श्रोत साधनको समुचित सदुपयोग गरि राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्‍याउन मत्स्य व्यवसायको विकास, अनुसन्धान, शिक्षण, उद्योगमा संलग्न सबै सरोकारवाला (Stakeholders) समुदाय संगति भएर जानु पर्छ भन्ने सोचले यस नेपाल फिसरिज सोसाईटी (Nepal Fisheries Society (NEFIS) को आवश्यकता सम्बन्धि अबधारणा श्रृजना भएको हो ।

– मुलुकमा विद्यमान प्राकृतिक जलसम्पदाको संरक्षण र सम्बर्धन, माछा लगायतका महत्वपुर्ण जैविक विविधता एवं जलिय वातावरणको संरक्षण तथा दिगो व्यवस्थापन एवं मत्स्य क्षेत्रले खाद्य सुरक्षा एवं रोजगारीको सुअवसर प्रदान गर्ने सशक्त क्षेत्र भएकोले सम्बद्ध सबैको संलग्नतामा काम कार्यवाही अगाडी बढाउन यस सोसाईटीको संस्थागत विकास गर्ने आवश्यकतालाई हृदयंगम गरि प्रारम्भमा ५/७ जनाको छलफलबाट यस सोसाईटीको शुरुवात भएको हो ।

(यसरी मुलुक भित्र मत्स्य क्षेत्रको विकास एवं व्यवस्थापनमा संलग्न बिज्ञ, प्राबिधिक, बैज्ञानिक, अध्यापक, कृषक, उद्यमी, व्यवसायी आदिको हकहित सुरक्षित गरि एक आपसमा आबद्द गरी मत्स्य पेशा र व्यवसायको सम्मुन्नती तथा देशको अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने उद्देश्य लिएर २०५२ साल पौष २४ गते यस नेपाल फिसरिज सोसाईटीको जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा बिधिवत दर्ता भई स्थापना भएको हो ।

उद्देश्य:

(क) मत्स्य वैज्ञानिकनिक तथा प्राविधिकहरुका बिच मत्स्य विकास एवं जलचरहरुको संरक्षण एवं सम्बर्द्धनका लागि प्रभावकारी अन्तरक्रिया (effective interaction) र सहयोग (cooperation) गर्नुका साथै मत्स्य व्यवसायीहरुको व्यवसायिक दक्षता (Professionalism) को विकास गर्ने ।

(ख) नेपालमा अवस्थित जलाशयहरुको उपयोग तथा जलचरहरुको संरक्षण एवं सम्बर्द्धन सम्बन्धि जनचेतना (mass awareness) जगाउने र फैलाउने, साथै अधिराज्यमा अवस्थित जलश्रोतको विकास कार्यको फलस्वरुप जलचर विविधता (persity of Aquatic life) माथि पर्ने प्रभाव तर्फ नेपाल सरकार एवं र्सवसाधारण जनताको ध्यान आकर्षण गराउने ।

(ग) एशियन फिसरिज सोसाइटीको र्राष्ट्रिय निकायसंग सम्बन्ध स्थापना गर्ने र अधिराज्यभर रहेका अन्य समान -मिल्दो जुल्दो उ२ेश्य भएका समिति संग समेत सर्म्पर्क र सहयोग (affiliation and cooperation) स्थापना गर्ने र समायानुकुल अन्य अन्तर्राष्ट्रिय फिसरिज सोसाइटी संग समेत सम्बन्ध विस्तार गर्दै जाने ।

(घ) मत्स्य पेशामा संलग्न वैज्ञानिक तथा व्यवसायीहरुलाई उनीहरुको काम एवं योगदानको आधारमा उचित कदर गर्ने ।

(ङ) नेपाल सरकार र स्वदेशी तथा विदेशी व्यक्ति संघ संस्था इत्यादिलाई आवश्यक परेमा मत्स्य विकास (Fisheries and Aquaculture Development) जलीय वातावरण (Aquatic Environment) एवं जलचर संरक्षण र उपयोग (Aquatic life protection and utilization) सम्बन्धी परामर्श सेवा उपलव्ध गराउने ।

(च) मत्स्य विकास, जलचर विविधता, मत्स्य र जलीय वातावरण (Aquatic environment) सम्बन्धी र्राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक कार्य गोष्ठी सेमिनार तथा वैज्ञानिक प्रवचनहरुको आयोजना गर्ने ।

(छ) जलीय वातावरण स्वच्छ राख्न र दुषित हुनबाट बचाउन प्राविधिक सेवा उपलव्ध गराउने ।

(ज) जलचर विविधताको अध्ययन गर्ने, संरक्षण तर्फ आवश्यक परामर्श दिने ।

नेपाल फिसरिज सोसाईटि (Nepal Fisheries Society-NEFIS) बारे संक्षिप्त जानकारी

नेपाल फिसरिज सोसाईटी को सुरुवात २०५२।०८।२२ गते तत्कालिन मत्स्य विकास महाशाखा बालाजुको सभाकक्षमा १२ जना विज्ञहरुको वैठकबाट ११ सदस्यीय कार्यकारीणी गठन गरी शुरु गरिएको थियो यस सोसाईटिको विधिबत दर्ता २०५२ साल पौष २४ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंमा भएको थियो । नेफिस कार्यकारिणीको पदाबधि ३ बर्षको लागि भएता पनि विभिन्न कारणले गर्दा २०६३ साल मार्ग १ गतेसम्म यथाबत रहेको थियो । यस संस्थाको दोस्रो कार्यसमितिको निर्बाचन कार्यक्रम २०६३ भाद्र महिनामा शुरु गरी आश्विन महिनाको अन्तमा कार्यकारिणी समितिका ११ पदाधिकारीहरुको निर्बाचन निर्बिरोध सम्पन्न भयो । तत्पश्चात पूर्व कार्यकारिणी समितिको कार्यभार हस्तान्तरण कार्यक्रम तत्कालिन अध्यक्ष डा. दीपवहादुर स्वांरको अध्यक्षतामा २०६३।०८।०१ गते सम्पन्न भयो ।

हाल नेपाल मत्स्य समितिमा १ जना मानार्थ सदस्य, ९५ जना आजिवन सदस्य, १८६ जना साधारण सदस्य र १९ जना सहसदस्य गरी जम्मा ३०१ जना सदस्यहरु रहेका छन् ।